काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ। अब ग्राहकहरूले घरमै बसी बैंकको मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा सोही एपमार्फत अनुरोध गर्न सक्ने व्यवस्था बैंकले मिलाएको छ। यो सुविधाले ग्राहकहरूलाई बैंकको शाखा कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ।
‘बैंक अफ द ईयर २०२४’ को उपाधि जित्न सफल सिटिजन्स बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। त्यस्तै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सिआरएन नम्बर सेवा उपलब्ध गराउने सुविधा पनि बैंकले शुरू गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६० जिल्लामा फैलिएका आफ्ना १९९ शाखा, १६६ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। डिजिटल र नवीन सेवाहरू मार्फत ग्राहकको सुविधालाई प्राथमिकता दिँदै आएको यो बैंकले आगामी दिनमा पनि यस्तै सेवाहरू विस्तार गर्ने योजना बनाएको छ।
FACEBOOK COMMENTS