काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
चैत ४ गतेदेखि एक साता लामो अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गरेको हो।
बैंकले वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको यस अभियानबाट करिब ३,००० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्। कार्यक्रम अन्तर्गत बैंकका शाखाहरूले विद्यार्थीहरूलाई वित्तीय प्रणाली, डिजिटल कारोबारको सुरक्षित प्रयोग, बैंकिङ सेवाहरूको सदुपयोग तथा वित्तीय समावेशीकरणका विषयमा जानकारी प्रदान गरेका थिए। साथै, केही विद्यार्थीहरूलाई बैंकका शाखाहरू अवलोकन गराउँदै वित्तीय कारोबारबारे प्रत्यक्ष सिक्ने अवसरसमेत दिइएको थियो।
नारासहित सञ्चालित कार्यक्रममा युवाहरूलाई वित्तीय योजनासम्बन्धी सचेत गराउनुका साथै उनीहरूको वित्तीय क्षमतामा सुधार ल्याउने उद्देश्य राखिएको बैंकले जनाएको छ।
एभरेष्ट बैंक भारतको पंजाब नेशनल बैंकसँगको संयुक्त साझेदारीमा सञ्चालित बैंक हो। हालसम्म करिब १४ लाख ग्राहक रहेको बैंकले १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटिएममार्फत देशव्यापी सेवा प्रदान गरिरहेको छ।
