काठमाडौं । वाइवाइ चाउचाउले थोक विक्रेताहरुलाई लक्षित गर्दै संचालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका संचालक रामेश्वर तिवारीले नेटा भी कार जितेका छन् ।
तिवारीलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरे । काठमाडौं, भक्तपुर र ललितपुरका थोक विक्रेताहरुलाई लक्षित गर्दै संचालन गरेको थोक विक्रेता उपहार योजना अन्तर्गत प्रत्येक ५० कार्टुन वाइवाइ चाउचाउ खरिद गर्दा थोक विक्रेताहरुलाई पहेँलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो । थोक विक्रेताहरुले लक्की ड्र मा समाबेस हुने अवसर प्राप्त गरेका थिए । लक्की ड्र मार्फत भाग्यशाली थोक विक्रेताहरुले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहार जित्न सक्ने वाइवाइले घोषणा गरेको थियो ।
नेटा भी कार जितेको खुसी साट्दै तिवारीले भने, ‘वाइवाइ अहिले प्रत्येक नेपालीको पहिलो रुचिको चाउचाउ बनिसकेको छ । यो पुरस्कारप्रति म निकै आभारी छु । यस्तो हौसलाले थोक विक्रेताहरुलाई अझै प्रेरित गर्छ ।’
यो योजनाअन्तर्गत काठमाडौंको केएबि स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन् । त्यस्तै, उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक विक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन् ।
FACEBOOK COMMENTS