काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् ।
जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी उनलाई अपराध अनुसन्धानको कार्यालयले आज निजी निवास काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमामा थिइन । राई समेतले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ अपचलन गरेको आरोप छ ।
उनलाई भोली ठमाडौं जिल्ला अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS