काठमाडाैं । नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनले भूमिका सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ। काठमाडौँमा सम्पन्न महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो।
पूर्व उपाध्यक्ष रहेकी सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मा चयन भएका छन्। यस्तै, उपमहासचिवमा होमराज श्रेष्ठ तथा सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकाया सर्वसम्मत चयन भएका छन्।
महासङ्घले समसामयिक राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा १३ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ।
FACEBOOK COMMENTS