काठमाडौं । संसद्मा जानकी जन्मोत्सवको दिन सार्वजनिक बिदा दिनुपर्ने माग उठेको छ ।
प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सांसद रामकृष्ण यादवले जानकी जन्मोत्सवको दिन सार्वजनिक बिदा दिइनुपर्ने माग गरेका हुन् ।
‘नेपाललाई सीताको देश भनेर चिनिन्छ । नेपाल र नेपालकी जननी जानकी भनौँ वा सीता माता नेपालकी सुपुत्री हुन् । धैर्य, सहनशील र उदारताकी प्रतिमूर्ति हुन्,’ सांसद यादवले भने, ‘सनानत धर्मावलम्बीहरूको पूजनीय श्री जानकी माताको जन्मोत्सव भोलि वैशाख २३ गते हो । त्यसैले महोत्सवका दिन सार्वजनिक बिदा दिन सभामुख महोदयमार्फत नेपाल सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु ।’
FACEBOOK COMMENTS