काठमाडौं । गायक भिम चापागाईंको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ ।
प्रेम र मिठासले भरिएको यस गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक प्रतिक्रिया बटुल्न थालेको छ ।
गीतमा नेत्र अर्यालको शब्द रचना रहेको छ भने संगीत तथा एरेन्ज विश्व कीर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लले गरेका छन् । मिक्सिङ र माष्टरिङ एचबीएन किस्मतको रहेको यो गीत १ डिबी स्टुडियोमा रेकर्ड गरिएको हो, जसको रेकर्डिङ कार्य राज खड्काले सम्हालेका हुन् ।
समूह स्वरमा अञ्जन बाबु शर्मा र लक्षु प्रकाश मल्लको साथ रहेको गीत ‘Bhim Chapagain Official’ युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो पक्षमा पनि गीतले उच्च स्तर कायम गरेको छ । निर्देशक अशोक बीकेको निर्देशनमा तयार गरिएको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन् भने सिनेमाटोग्राफी नवराज उप्रेतीको रहेको छ ।
प्रेमिल जोडीको भूमिकामा पुष्प खड्का र आयुषा क्षेत्रीको स्वाभाविक अभिनयले गीतको भावनालाई थप सशक्त बनाएको छ । भिडियोमा विमला तामाङले मेकअप आर्टिस्टको भूमिका निर्वाह गरेकी छन् भने सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य ड्रागन पिक्चर्सले गरेको हो ।
‘मायाको हाँसो’ गीतले प्रेम, सम्बन्ध र रमाइलो भावनालाई जीवन्त रूपमा चित्रण गर्दै नेपाली गीत-संगीतको क्षेत्रमा नयाँ उचाइ छोने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS