काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रमुख विपक्षी दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
प्रचण्डलाई भेट्न अर्थमन्त्री पौडेल आज मङ्गलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
भेटमा अर्थमन्त्री पौडेलले प्रचण्डसँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् ।
नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण र समसामयिक राजनीतिक विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग कुराकानी गरेकोसचिवालयले जनाएको छ ।
सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो । संसदको दुवै सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते ल्याउँदै छ ।
FACEBOOK COMMENTS