काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालका श्रमिकको जीवनस्तर उकास्न जापान अन्तरराष्ट्रिय श्रम सङ्गठनको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तरराष्ट्रिय श्रम सङ्गठन (जिलाफ)को सहकार्यको ३०औँ वर्षको अवसरमा आज आयोजित कार्यक्रममा उनले जापानले नेपाली श्रमिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
“बजारको मागअनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने, रोजगारका लागि मुख्य विषय सीपयुक्त श्रमशक्ति नै हो”, उनले भने । श्रम क्षेत्रमा देखिएको समस्या एकअर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने उनको भनाइ थियो ।
सरकार, टे«ड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस् वा न्यूनतम ज्यालालगायत विषयमा सहमतिका साथ अगाडि बढ्नुपर्ने उनले बताए । श्रममन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागू हुने कार्यक्रम अगाडि सारिएकाले त्यसका लागि आवश्यक ऐन, कानुन संशोधन हुने बताए ।
FACEBOOK COMMENTS