काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट फेरि ‘हेर्न नमिल्ने’ मा परेको छ ।
आज सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटको पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेर सुनुवाइ स्थगित भएको हो ।
यसअघि पनि यो रिट पटक–पटक हेर्न नमिल्नेमा परेर सुनुवाइ सरेको थियो ।
लामिछानेलाई गैरकानुनी थुनामा राखेको जिकिर गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।
लामिछाने हाल भैरहवा कारागारमा थुनामा छन् । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा राखिएको हो ।
FACEBOOK COMMENTS