काठमाडाै । सिटिजन्स बैंक र काठमाडौंको ठमेलस्थित क्लब टेनएक्सबीच विशेष छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले क्लब टेनएक्समा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
बैंकका अनुसार यस किसिमको सहकार्यले ग्राहकहरूलाई लाभान्वित गर्नुका साथै नगद कारोबार घटाई डिजिटल कारोबारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
सिटिजन्स बैंकले समय-समयमा डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न विविध ग्राहकमैत्री सुविधा ल्याउँदै आएको छ ।
डिजिटल भुक्तानी गर्दा पाइने छुट तथा सुविधाबारे थप जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।
FACEBOOK COMMENTS