काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्कासन गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका अति प्रभावित स्थानियका लागि ३ लाख ६३ हजार ६४० कित्ता सेयर निष्कासन गरेको छ । यो सेयरमा गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा ४ र ५मा स्थायीले आवेदन दिन पाउनेछन् ।
५ लाख ४५ हजार ४६१ कित्ता सेयर गोरखा जिल्लाको धार्चे गाउँपालिका १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने स्थानीयका लागि निस्कानस गर्ने छ । कम्पनीले ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा असार ४ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ २० गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आईपीओमा स्थानीयले प्रभु क्यापिटलका साथै हिमालयन बैंकको धार्चे शाखा, प्रभु बैंकको आरुपात शाखाबाट आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS