काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
साताको तेस्राे काराेबार दिन सुन आज तोलामा स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि साेमबार छापावाल सुन १ लाख ८४ हजार ८०० रुपैयाँमा नै काराेबार भएकाे थियाे ।
यसैबीच चाँदीको मूल्य भने घटेकाे छ। साेमबार तोलामा १ हजार ९ सय ४५ रूपैँया कायम भएको चाँदी आज १ हजार ९ सय ४० रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS