काठमाडौं । लामो समयदेखि साइडवेजमा रहेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेकाे छ ।
आज नेप्से १९ दशमलव ७२ अङ्क अर्थात् ० दशमलव ७२ प्रतिशतले बढेर दुई हजार ६८८ दशमलव ९१ विन्दुमा कायम भएको हाे ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर ८६ हजार ६८५ पटक किनबेच हुँदा नाै अर्ब ८२ करोड २० लाख ७० हजार ६ सय ८२ दशमलव४२ मा किनबेच भएका छन् ।
वाणिज्य बैंक समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ एउटामै नकारात्मक सर्किट लागेको छ ।
नवनियुक्त गभर्नरले पुँजी बजार सुधारका लागि उपयुक्त नीतिहरु लिइने बताएपछि बजारमा सकारात्मक प्रभाव देखिएको अनुमान गरिएको छ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बुधबार एक टेलिभिजन अन्तवार्तामा बैंक–वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि सक्दो सहजीकरण गरिदिने बताएका थिए।
गभर्नर पौडेलले सार्वजनिक रुपमै सेयर बजार सुधारका लागि पनि उपयुक्त नीतिगत व्यवस्था गरिने बताएपछि त्यसको सकारात्मक प्रभाव बिहीबारको शेयर बजार सकरात्मक देखिएकाे लगानिकर्ता बताउँछन् ।
FACEBOOK COMMENTS