काठमाडौं । परम्परागत धार्मिक कर्मकाण्डमा संलग्न पिस्कर–४ सिन्धुपाल्चोकका सम्राट सापकोटा जीवन बीमाको क्षेत्रमा सक्रिय भएका छन् ।
परिवारको पुर्ख्यौली पेसा धार्मिक कर्मकाण्डलाई अपनाउँदै आएका २१ वर्षीय सापकोटा अब जीवन बीमाको क्षेत्रमा पूर्णकालीन हुने भएका छन् । उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको जोरपाटी शाखाबाट बीमा अभिकर्ताका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरू गरेको बताएका छन् ।
बीमा अभिकर्ता बनेर आर्थिक सुरक्षाको सन्देश समुदायसम्म पुर्याउने र हरेक व्यक्तिलाई बीमाबारे जानकारी, सन्देश र सूचना पुर्याउने अठोट आफूले लिएको उनको भनाइ छ ।
अध्ययनसँगै विगत केही वर्षदेखि उनले पूजा–पाठ, विवाह संस्कार, श्राद्ध लगायतका धार्मिक कर्मकाण्डहरू गर्दै आइरहेका थिए । परम्पराअनुरूप पुरोहितको रूपमा कार्यरत रहँदै आएका सापकोटाले समयानुकूल परिवर्तनलाई आत्मसात गर्दै पेशागत क्षेत्रमा नयाँ मोड लिएको बताएका छन् ।
कर्मकाण्डबाट आफूले पाएको सम्मानप्रति कृतज्ञ हुँदै दीर्घकालीन आर्थिक स्थायित्वका लागि नयाँ सोचका साथ अघि बढेको उनी बताउँछन् । जीवन बीमाको क्षेत्रमा आफूलाई सामाजिक जागरुकता र सेवामुखी व्यवसायसँग जोड्न पाउँदै खुसी लागेकोसमेत उनले बताए । आफूलाई जीवन बीमाबारे प्रारम्भिक जानकारी दिँदै कम्पनीसम्म आइपुग्न र अभिकर्ता तालिम लिनका लागि प्रेरित गर्ने हिमालयन लाइफल इन्स्योरेन्स कम्पनीका एमडीआरटी उमेश धिताललाई उनले धन्यवाद दिए ।
पछिल्लो समय जीवन बीमा क्षेत्रप्रति युवाको आकर्षण बढिरहेका बेला सापकोटाले देखाएको सक्रियता उदाहरणीय छ । जसले आफ्नो पूर्वपेशागत अनुभवलाई बीमा शिक्षा र सचेतना अभिवृद्धिमा उपयोग गर्ने योजना बनाए ।
सम्राट सापकोटाको अठोटले युवा स्वरोजगारको सकारात्मक सङ्केत देखाएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका जोरपाटी शाखा प्रबन्धक गणेश लामिछानेले बताए । युवा अभिकर्ताहरूले जनसाधारणलाई वित्तीय सुरक्षा र उत्तरदायित्वबारे बुझाउन सक्ने क्षमता राख्ने र त्यो कामको अठोट लिएकामा उनले सम्राटलाई बधाई तथा कार्यसफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS