काठमाडौं । छिमेकी मुलक भारत आधिकारिक रूपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार भारतको अर्थतन्त्र ४ ट्रिलियन डलरभन्दा बढी भएको हो ।
भारतले जापानलाई उछिन्दै विश्वमा चौथो ठूलो अर्थतन्त्र बनेको छ ।
आइएमएफको अप्रिल २०२५ को प्रतिवेदन अनुसार भारतको अर्थतन्त्रको आकार ४.१८७ ट्रीलियन डलर पुगेको छ ।
त्यस्तै, शीर्ष स्थानमा रहेको अमेरिकाको अर्थतन्त्र ३०.५१ ट्रीलियन डलर रहेको छ भने दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र १९.२३ ट्रीलियन डलर रहेको छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेको जर्मनीको ४.७४ ट्रीलियन डलर छ भने पाँचौं स्थानमा रहेको जापानको अर्थतन्त्रको आकार ४.१८६ ट्रीलियन डलर रहेको छ ।
पछिल्लो १० वर्षमा भारतको अर्थतन्त्र सबैभन्दा बढी १०५ प्रतिशतले बढेको देखिएको छ भने चीनको ७६ प्रतिशत, अमेरिकाको ६६ प्रतिशत र जर्मनीको ५५ प्रतिशतले बढेको देखिएको छ ।
FACEBOOK COMMENTS