काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न गरेको छ ।
देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरेका थिए ।
यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो ।
प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गरेका थिए जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान गर्यो ।
दिनभरीको कडा प्रतिस्पर्धापछि यामाहाले घोषणा गरेका नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ का विजेताहरू यसप्रकार छन् ।
विजेताहरुमा सुकदेव कुमार माझी बीएन्डबी अटो ट्रेडर्स, बिराटचोक, प्रथम उपविजेता रोनित श्रेष्ठ तिरुपति अटो प्यालेस, विराटनगर, दोस्रो उपविजेता साझा विजेता, सागर त्वाती जेएस अटोमोबाइल्स, सतुंगल, बिनोद चौधरी जीएसएस ट्रेडर्स रहेका छन् ।
एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, “यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो ।
यो प्रतियोगिताले यामाहा नेपालको जनशक्ति, नवप्रवर्तन र तालिममा लगानी गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ । यस्तो कार्यक्रम प्रतिस्पर्धाको मात्र विषय नभई सिकाइ, विकास र परिवर्तनशिल दुईपाङ्ग्रे प्रविधिमा उत्कृष्टता हासिल गर्ने यात्राको उत्सव पनि हो ।
एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशकै सबैभन्दा विश्वासिलो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एक हो । जापानी प्रविधिमा आधारित, भरपर्दो सेवा र सशक्त आफ्टर सेल्स सर्भिस प्रणालीमार्फत यामाहाले प्रदर्शन, स्टाइल र ग्राहक सेवामा उच्चतम मापदण्डहरू कायम राख्दै आएको छ ।
FACEBOOK COMMENTS