काठमाडौं । पुँजीबजारले आगामी आर्थिक वर्षको बजेटलाई ‘रेड सिग्नल’ दिने क्रम आज पनि जारी राखेको छ ।
आज बुधबार शेयरबजार ११ दशमलव ९७ अङ्ले घटेको छ । यससँगै नेप्से परिसूचक दुई हजार ६४६ दशमलव ९५ विन्दु कायम भएको छ ।
आज ३१३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर ५९ हजार १३० पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज नेप्सेका साथै सबै सूचकहरू घटेका छन् भने उपसूचकहरू पनि म्युचुअल फण्ड र ट्रेडिङबाहेक सबै घटेका छन् ।
बजार घट्दा पनि ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको धितोपत्रमा सकारात्मक सर्किट लागेको छ । आजको बजारमा सबैभन्दा बढी गुमाउने कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । जसको शेयर मूल्यमा ५ दशमलव ८१ प्रतिशतको गिरावट आएको छ ।
लगानीकर्तामा छायो चरम निराशा, शेयर बजारमा गयो पहिरो
FACEBOOK COMMENTS