काठमाडौं । निर्धारित समयभन्दा डेढ घण्टा ढिला गरी बसेको प्रतिनिधिसभाको आजको बैठक सुरू भएको ६ मिनेटमै स्थगित भएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले अवरोध कायमै राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
दिउँसो २ बजे बस्ने भनिएको बैठक ३:३० बजे सुरू भएको थियो । तर, विपक्षी दलहरूको अवरोधका कारण बैठक स्थगित हुन पुग्यो ।
हेर्नुहाेस् थप तस्बिरहरू
FACEBOOK COMMENTS