काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।
काठमाडौंमा आयोजित सभामा कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरिएको हो।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसमेत समेटिएको ० दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
बोनस सेयर वितरणसँगै बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापूँजी न्यूनतम सीमामा पुग्नेछ। सभाले लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्दै कम्पनीको वित्तीय स्थिति, प्रगति, र भविष्यका रणनीतिक योजनाबारे छलफलसमेत गरेको छ।
कम्पनीले यो लाभांश प्रस्ताव सेयरधनीहरूलाई दीर्घकालीन लाभ दिने र कम्पनीको वित्तीय सुदृढतामा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
FACEBOOK COMMENTS