काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ २८ गते बुधबार बस्ने गरी स्थगित भएको छ ।
आज दिउँसो २ बजे बस्ने तय भएको बैठक निर्धारित समयभन्दा डेढ घण्टा ढिला गरी ३:३० बजे सुरू भएको थियो । तर, विपक्षी दलहरूको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
यद्यपि, सहमति जुट्न नसकेपछि बैठक दुई दिनपछि धकेलिएको हो । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार अब प्रतिनिधिसभाको अर्को बैठक जेठ २८ गते बुधबार दिउँसो १ बजे बस्ने छ ।
विपक्षी दलहरूले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध गर्दै आएका छन् ।
FACEBOOK COMMENTS