काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजसंस्था पक्षधरहरूको उग्र प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईंलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
काठमाडौं जिल्ला अदालतको हिजो बिहीबारको आदेशअनुसार प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले जानकारी दिए ।
प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको हो ।
हिजो राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
FACEBOOK COMMENTS