काठमाडौं । सकारात्मकरूपमा आएको आगामी आर्थिक वर्षको बजेट र चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि पनि नेपालको शेयर बजार अपेक्षाकृत ढङ्गबाट बढ्न सकिरहेको छैन ।
आज नेप्से परिसूचकमा घटेकाे छ । आज नेप्से २ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६५६ दशमलव ६ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता शेयर ७० हनार ७७ पटक किनबेच हुँदा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ मा काराेबार भएको नेप्सेले जनाएको छ ।
७४ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र ङादी ग्रुप पावर परेका छन् ।
FACEBOOK COMMENTS