काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी परमाणुस्थलहरूमा आक्रमणपछि राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफ्नो उक्त सम्बोधनमा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायली सेनालाई धन्यवाद दिए ।
यसका साथै ट्रम्पले अहिले ‘धेरै स्थलहरूलाई निशाना बनाउन बाँकी रहेको’ बताएका छन् ।
ट्रम्पले भने, ‘अब इरानले शान्तिको मार्ग अपनाउनु पर्छ । यदि उनीहरूले यसो गरेनन् भने, भविष्यमा हुने आक्रमणहरू अझ ठूला हुनेछन् ।’
इरानी परमाणुस्थलहरूका बारे कुरा गर्दै ट्रम्पले भने, ‘मानिसहरूले वर्षौंदेखि यी ठाउँहरूको नाम सुन्दै आएका छन् किनभने त्यहाँ एक खतरनाक र विनाशकारी योजना तयार भइरहेको थियो ।’
ट्रम्पले आज राति इरानमाथि गरिएको आक्रमण पूर्ण रूपमा सफल भएको पनि बताए ।
ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, ‘अब या त शान्ति हुनेछ, वा इरानको लागि यस्तो त्रासदी आउनेछ जुन पछिल्ला आठ दिनमा देखिएका घटनाहरूभन्दा धेरै ठूलो हुनेछ ।’
FACEBOOK COMMENTS