काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले इन्स्टा फण्ड ट्रान्सफरमार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको छ । आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिइरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
यस्तो सुविधा मञ्जुश्रीको मोबाइल बैंकिङ एपको मञ्जुश्री स्मार्टअन्तर्गत इन्स्टा फण्ड ट्रान्सफर भुक्तानी विकल्पबाट, एनपीएसमा आबद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्ने छन् । ग्राहकको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्देश्यले सो सेवा मञ्जुश्रीले आफ्नो एपमार्फत ग्राहकमाझ ल्याएको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मञ्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म १ लाख ५० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको यस फाइनान्स फाइनान्सहरूको श्रेणीमा अग्रणी स्थानमा छ ।
FACEBOOK COMMENTS