काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानलाई ‘साहसी छोरीहरू’ भन्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले समीक्षा र एलिनाले सामाजिक सञ्जालमा आफहरूविरुद्ध नराम्रो कमेण्ट गर्नेको नाम पोष्ट गर्ने अभियानप्रति समर्थन जनाउँदै ‘साहसी छोरीहरू’ को संज्ञा दिएका हुन् ।
उनले भनेका छन्–
आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।
FACEBOOK COMMENTS