नेपालगञ्ज । कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले दयाललाई बुधबार दिउँसो नेपालगञ्जबाट पक्राउ गरेको हो ।
२०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष रहेका मिश्र बैक घोटला प्रकरणमा पक्राउ परेका हुन् ।
मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।
यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेपछि बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।
पक्राउ परेका अध्यक्ष मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी वि.सं. २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए ।
FACEBOOK COMMENTS