काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि आफ्नो नयाँ ऋणपत्र निष्कासन खुला गर्ने भएको छ ।
बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।
यस योजनाअनुसार बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले २५ लाख इकाई ऋणपत्र जारी गर्नेछ ।
तीमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ ।
उक्त ऋणपत्रको वार्षिक ब्याजदर ७ दशमलव २५ प्रतिशत तोकिएको छ र यसको परिपक्वता अवधि १० वर्षको हुनेछ । यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेकाे छ ।
लगानीकर्ताले ऋणपत्रमा असार ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि तोकिएको अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन पाइनेछ ।
न्यूनतम २५ इकाईदेखि अधिकतम उपलब्ध सबै इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
साथै, लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS