काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर अभियानमा बालबालिकाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
नेता बस्नेतले बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय भएको बताउँदै बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम आपत्तिजनक रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन् गर्ने यिनै व्यक्ति आफैंलाई ‘सुधारक’ भन्न लाज मान्दैनन् । सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो ।’
साथै बस्नेतले कानुनको शासन र बालअधिकारको संरक्षण सधैं पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।
FACEBOOK COMMENTS