काठमाडौं । भारतमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स एकाउन्ट ब्लक गरिएको छ । रोयटर्सले अहिलेसम्म यसबारे कुनै जानकारी दिएको छैन ।
यद्यपि, रोयटर्स टेक न्यूज, रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसिया र रोयटर्स चाइनालगायत रोयटर्स समाचार एजेन्सीका धेरै अन्य खाताहरू अझै पनि सहज रूपमा काम गरिरहेका छन् ।
एक्सका अनुसार अमेरिक लगायत धेरै देशहरूमा एक्स खाताको पोष्ट र सामग्रीमा लागू हुने कानुनहरू छन् । एक्सले भनेको छ, ‘हाम्रा सेवाहरू निर्बाध रूपमा प्रदान गर्दा यदि कुनै देशको अधिकृत संस्थाबाट वैध र उचित अनुरोध प्राप्त भयो भने केही सामग्री ब्लक गर्न आवश्यक हुन सक्छ ।’
एक्सले अदालतको आदेश प्राप्त भयो भने सामग्री ब्लक गर्न सकिने बताएको छ । यसबाहेक, यो कारबाही स्थानीय कानुनको आधारमा गर्न सकिने एक्सले बताएको छ ।
FACEBOOK COMMENTS