काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यू–१६ पुरुष इस्ट जोन कप विजेता नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गरेका छन् ।
आइतबार साँझ स्वदेश फर्किएको नेपाली युवा टिमलाई राष्ट्रपति पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बधाई दिएका हुन् ।
नेपालले शनिबार सम्पन्न फाइनल खेलमा सिङ्गापुरलाई पराजित गर्दै एसीसी यू–१६ पुरुष इस्ट जोन कप जितेको थियो ।
FACEBOOK COMMENTS