काठमाडौं । रसुवागढीमा आएको बाढीमा परेर १८ जना बेपत्ता छन् भने ९ जनाको उद्धार गरिएको छ ।
सोमबार राति चीन तर्फ आएको भिषण बाढीका कारण भोटेकोशी खोलामा आएको बाढीमा परेर १८ जना बेपत्ता भएका थिए ।
जसमा ९ जनाको उद्दार गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ९ जना नेपाली कामदार, सवारी चालक, ६ जना चिनियाँ कामदार रहेका छन् ।
FACEBOOK COMMENTS