काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूलीलगायत नदीहरूको जलसतह बढेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेको हुन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्रिशुली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरु आएका छन् ।
जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔं । विपत् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहौं ।
आफू सुरक्षित होउँ, अरूलाई पनि सुरक्षित राखौं ।’
FACEBOOK COMMENTS