काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १०० नाघेको छ । यस्तै, ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता छन् ।
क्रिश्चियन अल–गर्ल्स समर क्याम्प, क्याम्प मिस्टिकले मृतकहरूमा कम्तीमा २७ जना महिलाहरू र कर्मचारीहरू रहेको पुष्टि गरेको छ । क्याम्पबाट हाल पनि १० जना महिला र एक काउन्सेलर हराएका छन् ।
अस्टिन अमेरिकन–स्टेट्सम्यानको रिपोर्टअनुसार क्याम्प मिस्टिकका सह–मालिक र निर्देशक रिचर्ड इस्टल्याण्डले बच्चाहरूलाई बचाउने प्रयासमा आफ्नो ज्यान गुमाए ।
केर काउन्टीमा ग्वाडालुप नदीमा आएको बाढीले कम्तीमा ८४ जनाको मृत्यु भएको छ । यसमा २८ बच्चा र ५६ वयस्कहरू समावेश छन् ।
काउन्टी शेरिफ कार्यालयले २२ वयस्क र १० बच्चाहरूको अहिलेसम्म पहिचान नभएको बताएको छ ।
मौसम विभागले आउँदो केही घण्टामा यस क्षेत्रमा आँधीबेह्री आउन सक्ने र यसले राहत कार्यमा असर पार्न सक्ने चेतावनी दिएको छ ।
FACEBOOK COMMENTS