काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आठ दिन पछि सुनचाँदीको मूल्य तोकेको छ ।
महासंघले असार १९ गते पछि आज पहिलो पटक सुनचाँदीको मूल्य निर्धारण गरेरको हो ।
आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । असार १९ गते सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदी तोलामा २ हजार २२२ रुपैयाँमा कारोबार भइरहेको छ । असार १९ गते चाँदीको मूल्य तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले नयाँ आर्थिक विधेयकमार्फत सुनका गरगहनामा २ प्रतिशत विलासी कर र बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको विरोधमा सुनको मूल्य समेत निर्धारण नगरी व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।
बिहीबार अर्थ मन्त्रालयमा सुनचाँदी व्यवसायीका प्रतिनिधि र सरकारबीच ६ बुँदे सहमति भएको थियो । सहमतिपछि व्यवसायीहरूले आफ्ना आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका हुन् ।
सरकारसँग सहमति भएसँगै आज देखि सुनचाँदी पसल पनि खुलेका छन् ।
FACEBOOK COMMENTS