काठमाडौं । भारत र पाकिस्तानबीच हुने विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द भएकाे छ ।
भारतीय खेलाडीहरूले आफ्नो नाम फिर्ता लिएपछि आयोजकहरूले यो निर्णय लिएका हुन् ।
विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै खेल नहुने जानकारी दिएको छ ।
भारतीय खेलाडीहरु शिखर धवन, सुरेश रैना र हरभजन सिंह जस्ता अनुभवी खेलाडीहरूले यो खेल बहिष्कार गरेपछि खेल स्थगित भएको बताइएको छ ।
शिखर धवनले यस विषयमा जानकारी दिदै आफुले पाकिस्तानविरुद्धका कुनै पनि खेल नखेल्ने स्पष्ट गरेका छन् ।
भारत-पाकिस्तानबीचको यो खेललाई लिएर सामाजिक सञ्जालमा धेरै आक्रोश समेत व्यक्त भएको थियो ।
अन्ततः आयोजकहरूले यसलाई रद्द गर्ने निर्णय गरे । यो प्रतियोगितामा युवराज सिंहको नेतृत्वमा रहेको टोलीको पहिलो खेल थियो । भारतीय टोलीमा शिखर धवन, सुरेश रैना, रोबिन उथप्पा र अम्बाती रायडु जस्ता ब्याट्सम्यानहरू रहेका थिए ।
FACEBOOK COMMENTS