काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेटवार्ता हुने भएको छ ।
भण्डारीको राजनीतिमा पुनरागमन बारे पार्टीमा विवाद भएपछि सो विषयमा छलफल गर्न एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे ओली र भण्डारीको भेट तय भएको हो ।
एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएको बताइएको छ ।
भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।
FACEBOOK COMMENTS