काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीच एकआपसमा गाभिने भएका छन् ।
दुई संस्थाबीच एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी आज अन्तिम सम्झौता भएसँगै दुई संस्था एक हुने निश्चित भएको हो । पोखराको होटेल ल्याण्डमार्कमा भएको त्यससम्बन्धी सम्झौतापत्रमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको मर्जर समिति संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्स लिमिटेडको मर्जर समितिका संयोजक तिलबहादुर गुरुङ्गले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।
स्वाप रेसियो १:१ हुने, मर्जरपश्चात संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड कायम रहने, वित्तीय संस्थाको अध्यक्ष समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट रहने एवम् सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट अध्यक्षसहित चार र पोखरा फाइनान्सबाट तीन जना रहने सम्झौतामा उल्लेख छ ।
यस्तै, मर्जरपछि वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा राखिने भएको छ । यो समझदारीले वित्तीय संस्था एउटा सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने अपेक्षा दुवै पक्षको छ ।
FACEBOOK COMMENTS