काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने प्रविधि महोत्सव ‘टेक एक्स: एलिभेट २०२५’ सम्पन्न भएको छ ।
प्रविधि, उद्यमशीलता र प्रेरणाको संगमका रुपमा असार ३२ गतेदेखि साउन ३ गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यावसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको कलेजले जनाएको छ ।
करिब १० हजार भन्दा बढी आगन्तुकहरूको उपस्थिति, ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी ख्यातिप्राप्त कन्टेन्ट क्रिएटरहरूसँगको संवादले यस महोत्सवलाई एक अविस्मरणीय प्रविधि उत्सवको रूपमा स्थापित गरेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS