बुटवल । अविरल वर्षाका कारण गुल्मी जिल्लाका विभिन्न सडक अवरुद्ध बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिका(६ स्थित डहरे खोलामा पानीको अत्यधिक बहाव बढेका कारण रिडी वामी सडकखण्ड अवरुद्ध भएको छ ।
हाल कालीगण्डकी करिडोर र रिडी–वामी–तम्घास सडकखण्डहरूमा यातायात पूर्ण रुपमा अवरुद्ध रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ को गरगरे, २ को मुल्क र ३ को कनौटा क्षेत्रमा पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ ।
त्यस्तै, रुरु गाउँपालिका–३ सल्लेरीमा पहिरो खस्दा रिडी–तम्घास सडक अवरुद्ध बनेको छ । प्रहरीले थोर्गा हुँदै सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग खुला रहेको जानकारी दिएको छ।
प्रहरीले सरोकारवाला निकायहरूसँगको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको बताएको छ ।
FACEBOOK COMMENTS