काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपाले संसदको दुरुपयोग गरेको बताएका छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपा र राप्रपाले संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने गरेको उल्लेख गर्दै अब यसलाई बन्द गरिनुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘रास्वपा र राप्रपाले ७० दिन देखि संसद बहिष्कार गर्दै आएका छन् । यसले संसदको, सरकारको र जनताको ध्यानाकर्षण भएको छ । यो अभ्यास बन्द भएको छैन । यो कति समयसम्म चल्ने हो । संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने, भिजिट भिसा भनेको मानव तस्करी हो? भिजिट भिसामा बाहिर नजाने को हुनुहुन्छ ।
यो के भन्न खोजेको हो ।’प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपाले गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर आम जनतालाई भ्रमित गर्ने र संसदलाई दुरुपयोग गरेको समेत आरोप लगाएका छन् । उनले भनेका छन्- ‘गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर आम जनतालाई भ्रमित गर्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको छ, यो बन्द हुनु पर्छ, कांग्रेसको यसमा गम्भीर आपत्ति छ । यो प्रथालाई अब अन्त्य गरिएन भने संसदको गरिमा पनि रहदैन महत्व पनि रहदैन ।’साथै उनले भोलि यसको प्रतिवादमा उत्रिने चेतावनी दिदै त्यस अवस्थामा संसदको गरिमा कस्तो होला भन्दै प्रश्न गरेका छन् । उन्म्ले भने- ‘लामो समयदेखि यो निरन्तर अभ्यासको रुपमा जारी रहेको छ, भोली सम्पूर्ण सांसद प्रतिवादमा उभिनु पर्ने हुनसक्छ ।यसको प्रतिवादमा उत्रिन थालियो भने संसदको दशा के हुन्छ ।’
FACEBOOK COMMENTS