काठमाडौं । नेकपा माओवादी केन्द्रले उच्चपदस्थ नेताहरूको सम्पत्ति छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।
पार्टीको आज सम्पन्न स्थायी कमिटी बैठकले बैठकले विभिन्न २६ वटा निर्णय गर्दै सार्वजनिक पदधारक तथा उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको हो ।
‘जहाँ सरकार, त्यहाँ व्यापक भ्रष्टाचार अहिले पर्यायवाची बनेका कारण आमजनतामा चुलिँदो आक्रोशलाई बैठकले गम्भीररूपमा लिन्छ । भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्दै, सार्वजनिक पदधारक तथा उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न यो बैठक माग गर्दछ,’ बैठकको निर्णय नम्बर १८ मा उल्लेख छ ।
शुक्रबारदेखि सुरू भएको बैठक आज सम्पन्न भएको हो ।
यो पनि पढ्नुहोस्–
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले के के निर्णय गर्यो?
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय
FACEBOOK COMMENTS