काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९६५.४० प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ थियो ।
बैंकका अनुसार अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३९.४६ प्रतिशतले घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ छ ।
बैंकको सञ्चालन नाफा ९९.४४ प्रतिशतले बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ छ ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता ४.४४ प्रतिशत छ ।
बैंकको प्रतिसेयर आम्दानी २३.१२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।
२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३० अर्र्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
FACEBOOK COMMENTS