काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म आईपीओमा आवेदन दिन सकिने छ । कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा १ हजार १५५ कित्ता कम्पनीका कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र विदेशका रहेका नेपालीका लािग २३ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो ।
यस्तै सर्वसाधारणका लागि १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँको १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गरेको छ ।
आईपीओमा न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओमा मेरो सेयर र सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
FACEBOOK COMMENTS