काठमाडौं । भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाडा अटो शो २०२५’मा बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो २ लन्च भएको छ ।
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ल्याएको यो नयाँ मोडललाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा लन्च गरेका हुन् ।
कम्पनीले यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । एट्टो २ बीवाईडीको अत्याधुनिक ई–प्लेटफर्म ३.० मा आधारित छ ।
यसमा कम्पनीको चर्चित अल्ट्रा सेफ ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसमा सेल टु प्याक बडी प्रविधि पनि छ ।
यस कारमा ४५.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । जसले एकपटकको फुल चार्जमा करिब ३१० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
यो ब्याट्री ७ किलोवाटको एसी चार्जर र ८२ किलोवाटको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ । गाडीमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले २९० एनएम टर्क उत्पन्न गर्छ ।
सहरभित्रको सहज यात्रा र लामो दूरीको ड्राइभ दुबैका लागि यो पर्फरमेन्स पर्याप्त रहेको कम्पनीले जनाएको छ ।
एट्टो २ को लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६२० एमएम रहेको छ । १२.८ इन्चको रोटेटिङ टच स्क्रिनले गाडीलाई थप स्मार्ट बनाएको छ ।
बीवाईडी एट्टो २ को नेपाली बजारमा प्रवेशसँगै इलेक्ट्रिक गाडीको प्रतिस्पर्धा झनै रोचक बन्ने देखिन्छ ।
FACEBOOK COMMENTS