पोखरा। नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० वटा प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गरेको छ ।
हस्तान्तरण समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । छोटो समयमा नै नेपालको विद्युतीय सवारीसाधन बजारमा प्रोटोनले आफ्नो राम्रो स्थान बनाउन सफल भएको छ ।
पोखरामा आयोजित उक्त कार्यक्रमले प्रोटन इमास–७ प्रति ग्राहकहरूको अपार विश्वास देखिएको छ, जो पूर्ण रूपमा विद्युतीय एसयूभी हो, जसले स्टाइल,प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन कम खर्चालु र ग्रहाकहरुको आत्मसन्तुष्टिलाई ध्यानमा राखेको देखिन्छ । ।
सो अवसरमा बोल्दै जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट श्री राजु भेटवालले भने, आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो ।
पोखरावासीहरूले यातायातको भविष्यलाई अँगालेका छन् र स्वच्छ तथा स्मार्ट यातायाततर्फको यस यात्रामा प्रोटन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ । यो त ९हरित नेपाल० ग्रिनर नेपालको दिशामा हाम्रो यात्राको सुरुवात मात्र हो ।
प्रोटन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर, गाडी भित्र प्रशस्त स्थान, उन्नत सुरक्षा प्रविधि तथा उद्योगमै सबैभन्दा बढी ८ वर्षको ब्याट्री वारेन्टीसहितका प्रिमियम विशेषताले देशभरका ग्राहकको मन जित्न थालिसकेको छ ।
अब पोखराका ग्राहकहरू उत्सर्जन९रहित सवारीको सुखद अनुभव गरिरहेकै प्रोटन समुदायमा सहभागी हुँदैछन्। उक्त हस्तानतरण कार्यक्रमले प्रोटोन ग्राहकहरुको सेवामा समर्पित छ भन्ने दर्शाउने कम्पनीको दावी छ।
प्रोटोनका सवारी खरिदमा आकर्षक फाइनान्सिङ योजना, भरपर्दो आफ्टर सेल्स सपोर्ट र विद्युतीय सवारी साधनको स्वामित्वलाई सहज र लाभदायक बनाउने जस्ता योजना समावेश छन् ।
प्रोटन नेपालले देशभर शोरूम र सेवा सञ्जाल विस्तार गर्दै आफ्नो उपस्थिति फैलाउँदै जाँदा, कम्पनीको ध्यान अझ धेरै नेपाली परिवार र व्यवसायहरूलाई आत्मविश्वासका साथ विद्युतीय सवारीतर्फ रूपान्तरण गर्न सहज बनाउनेतर्फ अग्रसर छ।
FACEBOOK COMMENTS