काठमाडौँ । नेपालले क्रिकेट एसिटीमाथि ४१ रनको जित हासिल गरेको छ । नेपालले दिएको १७८ रनको लक्ष्य पछाएको क्रिकेट एसिटीले १७.२ ओभरमा अल आउट हुदै १३६ रन मात्र बनाएको थियो ।
नेपालको जितमा सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन दिएर ह्याट्रिकसहित ५ विकेट लिएका थिए भने करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ६९ रन बनाए भने कप्तान रोहित पौडेलले ३६, आरिफ सेखले २४ रन बनाएका थिए ।
नेपाली क्रिकेट टिमले आइसीसी टी–२० विश्वकप एसिया– इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेलेको क्यानले बताएको छ ।नेपाली टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग आज दुई टी–२० खेल्दै छ । नेपालले आजै दोस्रो खेक बिहान ९: ४५ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।
त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी–२० खेल्ने छ, जुन बिहान ५: ४५ र ९: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।
FACEBOOK COMMENTS