काठमाडौँ । ईश्वरी न्यौपानेले संघीय संसदको संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएकी छन् ।
न्यापौनेले मंगलबार सभामुख देवराज घिमिरेलाई राजीनामा दिएकी हुन् । उनले राजीनामामा भनेकी छन् ,संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै र तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।
न्यौपानेलाई कांग्रेसले राज्य व्यवस्था तथा सुशान समितिको सभापति बनाउन निर्णय गरेकाले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएकी हुन् ।
उनले आजै राज्य व्यवस्था समितिको सभापति पदको मनोनयन दर्ता गर्दैछिन् । संघीय संसद सचिवालयले आज दिउसो १ बजेद्केही ४ बजेसम्म सभापतिको मनोनयन गर्ने समय तालिका तोकेको छ ।
FACEBOOK COMMENTS