काठमाडौं । मध्यरातमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने विषयमा सहमति जुटेको छ ।
शीतल निवासमा भएको छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने विषयमा सहमति जुटेको हो ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा भएको बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको छ ।
जेनजी समूहकोतर्फबाट कार्कीको नाम सिफारिस गरिएको थियो । यता छलफलमा संसद् विघटनको विषयमा सहमति नजुटदा संविधानअनुसार कसरी अघि बढ्ने भन्नेमा टुंगो लाग्न सकेको छैन ।
FACEBOOK COMMENTS