काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार एक महिनामै ढल्ने बताएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो धारणा अभिव्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘बुद्धि पुर्याएनन् भने यो सरकार एक महिनाभित्रै ढल्न सक्छ !’
जेन्जीहरूको आन्दोलनले सफलता पाएसँगै उनी सरकारको नेतृत्व माग्दै धरानदेखि काठमाडौं आएका थिए । तर, सेना प्रमुख अशोकराज सिग्देलले उनको नाममा खासै छलफल नै अघि नबढाएपछि नेतृत्व लिनबाट वञ्चित भए ।
उनले आफ्नो नाममा दबाब सृजना गराउने सैनिक मुख्यालयअघि नाराबाजी समेत गर्न लगाएका थिए ।
FACEBOOK COMMENTS